पूर्व युवराज पारसले विमानस्थल घटनाबारे मागे माफी

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, ०८ : ४०
पूर्व युवराज पारसले विमानस्थल घटनाबारे मागे माफी

काठमाडौं । डियुटीमा रहेका प्रहरीका सई इश्वर खत्रीमाथी दुब्यर्वहार गरेको आरोपमा निक्कै आलोचित हुन थालेपछि पूर्व युवराज पारसले माफी मागेका छन् । आइतबार त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थलमा उनले सई खत्रीलाई छातीमा हान्दै धकेलेर दुब्यर्वहार गरेका थिए ।

उक्त घटनाको चर्काे आलोचना हुनथालेपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले छानविनको निर्देशन दिएपछि विमानस्थल प्रहरीले घटनाबारे छानबिन सुरु गरेको बेला पूर्व युवराज पारसले माफी मागेका हुन् ।

उनले गएराती समाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै घटनाका बारेमा माफी मागेका हुन् । अंग्रेजी भाषामा स्टाटस लेख्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएकाले प्रहरीप्रति त्यस्तो व्यवहार हुन पुगेको उल्लेख गरेका छन् ।

त्यसका लागि सम्बद्ध पक्षसँग ‘क्षमायाचना गर्न चाहन्छु’ पारसले स्टाटसमा लेखेका छन, – आफ्नो ठाउँमा जुनुसुकै नेपाली बाबु भए पनि त्यसबेला त्यसै गर्थे ।

उनले बाँकी कुरा निर्णयका लागि नेपाली जनतालाई नै छाड्ने समेत समाजिक सन्जालमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस