कतिपय अवस्थामा पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन्छ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ३२ साउन २०७६, १३ : ३५
कतिपय अवस्थामा पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताएका छन् । 
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

उनले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताए । नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष प्रचण्डले कतिपय बिषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको स्पष्ट पारे । 
कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौति दुबै भएको भन्दै उनले अहिले पनि केही गर्न नसके इतिहासले धिक्कार्ने बताए । अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । 
यस्तै अध्यक्ष दाहालले चिकित्सकहरुले आफ्नो पेशालाई मानवता सँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए । 
पेशा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई बस्तु नठानी मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए । 
 

 

प्रतिक्रिया दिनुहोस