नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

शुक्रबार, ३१ साउन २०७६, १५ : ०७
नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभाग प्रमुख ईश्वर पोखरेल भएका छन् ।
शुक्रबार बसेको नेकपा सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । लामो समयसम्म स्कुल विभाग प्रमुखको टुंगो लाग्न सकेको थिएन । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो ।
 

प्रतिक्रिया दिनुहोस