सोमपाल सम्मिलित विनिपेग हक्स ग्लोबल टि–२० क्यानडाको फाइनलमा

एजेन्सी

आइतबार, २६ साउन २०७६, ०८ : ५६
सोमपाल सम्मिलित विनिपेग हक्स ग्लोबल टि–२० क्यानडाको फाइनलमा

एजेन्सी । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी खेलमा नेपाली तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी रहेको टिम वेनिपेग होक्स फाईनल प्रवेश गरेको छ । दोस्रो क्वालिफायर खेलमा ब्रामटन वुल्भलाई ७ विकेटले पराजित गर्दै होक्सले उपाधि भिडन्त पक्का गरेका हो ।

होक्सले अब उपाधिका लागि भ्यानकुभर नाईट्ससंग प्रतिस्पर्धा गर्नेछ । निकै रोमाञ्चक खेलमा अन्तिम बलमा एक रन लिदै होक्सले जित निकाल्न सफल भएको हो ।

२ सय रनको लक्ष्य पछ्याएको होक्सले ७ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो । ओपनर साईमन अनवरले सर्वाधिक ५२ रन बनाए । जेपी डुमिनीले अविजित ५० रनको योगदान दिए । ड्यानी स्मिथले समेत नटआउट १७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको ब्रामटन वुल्भले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो । सुरुवाती ब्याट्सम्यान सस्तैमा आउट भएपनि मध्यक्रमका ब्याट्सम्यानले सन्तुलित प्रर्दशन गरेका थिए ।

डारेन सामीले बनाएको ३३ रन टोलीको सर्वाधिक स्कोर रह्यो । बाबर हायात र सहिद अफ्रिदीले समान ३२ रनको योगदान दिए । होक्सका रायद ईम्रिटले सर्वाधिक ३ विकेट लिए ।

डेब्यु खेलमा गतिलो छाप छाड्न नसकेपछि नेपाली फास्ट बलर सोमपालले अवसर पाउन सकेका छैनन् । त्यसपछिका बाँकी खेलमा उनी प्लेईङ ११ बाहिर रहदै छन् । पहिलो ईलिमिनेटर खेलमा सन्दीप लामिछानेको टिम टोरन्टो नेसनल्स पराजित हुदै प्रतियोगिताबाट बाहिरि सकेको छ ।
 

प्रतिक्रिया दिनुहोस