उत्तर कोरियाद्वारा पुनः दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

एजेन्सी

शनिबार, २५ साउन २०७६, १४ : १२
उत्तर कोरियाद्वारा पुनः दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले आज (शनिबार) पनि दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । पछिल्ला केही हप्तामा उत्तर कोरियाको तर्फबाट दागिएको यो पाँचौं मिसाइल हो ।

दक्षिण कोरियाली सेनाले शनिवार बिहान प्रक्षेपित क्षेप्याप्त्र छोटो दुरीका ब्यालिस्टिक मिसाइल हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ-अनबाट ‘एउटा अतिसुन्दर पत्र’ प्राप्त गरेको बताएपछि ती प्रक्षेपणहरू भएका हुन् ।

ट्रम्पका अनुसार अमेरिकी र दक्षिण कोरियली सेनाको संयुक्त सैन्य अभ्यासबारे किम असन्तुष्ट छन् ।

दक्षिण हाम्ग्योङ प्रान्तको हाम्हुङ नगरनजिकैबाट शनिवार बिहान दुई क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। ती क्षेप्यास्त्र कोरियाली प्राय:द्वीपको पूर्वमा अवस्थित जापान सागरमा खसे ।

दक्षिण कोरियाली सेनाका अनुसार झन्डै ४८ किलोमिटर माथिबाट उड्दै ती क्षेप्यास्त्र ४०० किलोमिटर पर पुगेका थिए ।
तिनको अधिकतम गति ध्वनिको गतिभन्दा ६.१ गुणा बढी थियो ।

गत जुनमा किम र ट्रम्पले उत्तर कोरियाको निरस्त्रीकरणबारे पुन: वार्ता थाल्ने सहमति गरेपछि प्योङ्याङले धेरैचोटि क्षेप्यास्त्र र रकेट प्रक्षेपण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस