बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ठ पाटिका राप्ती नगर ईन्चार्ज निलम्वनमा

सफल खबर संवाददाता

शुक्रबार, २४ साउन २०७६, १९ : ४५
बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ठ पाटिका राप्ती नगर ईन्चार्ज निलम्वनमा

काठमाडौँ । बिप्लप नेत्रित्वको नेपाल कम्युनिष्ठ पाटिले जिल्ला समिति सदस्य तथा राप्ती नगर ईन्चार्ज अमर गोपालीलाई कारबार्ही गरेको छ । जिल्ला समितिको जिम्मेवार पदमा बसी जिल्ला समितिका बैठकको निर्णय लाई उल्लंघन गर्दै अभियानमा सहभागि नभएको, जिल्ला समितिको निर्णय विपरित आर्थिक संकलन गरेको र पार्टी बिधान विपरित काम गर्दै आएको ले गोपालीलाई जिल्ला समिति सदस्यवाट निलम्वन गरिएको बिज्ञप्तीमा जनाईएको छ । जिल्ला ईन्चार्ज शार्दुल द्धारा हस्ताक्षरीत बिज्ञप्तीमा यस्तो निर्णय गरिएको उल्यख छ ।जारी  बिज्ञप्तीमा  पार्टी यतिबेला दलाल सामाजिक फासीवादी सरकारले जनता र राष्ट्र माथि गरेको अन्याय अत्याचारको बिरुद्ध संघर्ष गरिरहेको र जनतामा जागरण फैलाउने उद्देस्यले चितवनमा १ महिने जन एकता अभियान संचालन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस