अमेरिकाको पुस्तक मेलामा किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक छनौट

एजेन्सी

आइतबार, २९ असार २०७६, १७ : १३
अमेरिकाको पुस्तक मेलामा किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक छनौट

न्यूयोर्क । पत्रकारहरु किरण मरहठ्ठा र किशोर पन्थीका पुस्तक अमेरिकाको न्यूयोर्कको क्वीन्स पुस्तक मेलामा छनौट भएका छन् । आज न्यूयोर्कको क्वीन्समा रहेको जमैकामा आयोजित उक्त पुस्तक मेलामा दुवै जनाले आफ्नो मन्तव्य समेत राखे । मेलामा पत्रकारहरु मरहठ्ठा र पन्थीका बारेमा आयोजकका तर्फबाट विस्तृत परिचय समेत गराइएको थियो भने दुबै पत्रकारले आफ्ना पुस्तकहरु हु इज हु र कम्पनका बारेमा जानकारी गराएका थिए । 

दुबै पत्रकारको सम्मानमा मन्तव्य लगत्तै नेपालको राष्ट्रिय गान समेत बजाइएको थियो । पुस्तक मेलाको आयोजना वियोण्ड द अव्युजले गरेको हो ।

प्रतिक्रिया दिनुहोस