कुवेतमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

एजेन्सी

आइतबार, २९ असार २०७६, १४ : २५
कुवेतमा आगलागी हुँदा तीन नेपालीको मृत्यु

काठमाडौँ — कुवेतको महाबुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने अपार्टमेन्ट भवनमा आगलागी हुँदा तीन नेपालीको मृत्यु भएको छ ।  दुई घरेलु महिला र एक पुरुष नेपाली कामदारको मृत्यु भएको कुवेतस्थत नेपाली दुतावासले जनाएको छ । 

दूतावासका अनुसार मृत्यु हुनेमा सर्लाहीका २९ वर्षीय विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् । अप्सरा र गौरीको ठेगाना हालसम्म खुलेको छैन । उनीहरु आफ्नो मालिकको घर छाडेर त्यस अपार्टमेन्टमा बस्दै आएका थिए । बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए ।

दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले घाइते हुनेहरुको पहिचानको लागि काम भइरहेको बताए । आगलागीमा परेर घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुईजना गम्भीर घाइते भएका थिए । १२ जनालाई उद्धार गरिएको थियो । घाइते हुनेहरुका नेपाली परेका छन् वा छैनन् त्यो खुल्न सकेको छैन । 

प्रतिक्रिया दिनुहोस