पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरीको यस्तो लाजमर्दो हर्कत

एजेन्सी

शुक्रबार, २७ असार २०७६, १६ : ५०
पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरीको यस्तो लाजमर्दो हर्कत

इस्लामाबाद । पाकिस्तानमा इमरान नेतृत्वको सरकार आएपछि भ्रष्ट्राचार विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ । पाकिस्तानका पूर्व (तीन पटक) प्रधानमन्त्री भएका नवाज शरीफ अहिले जेलमा छन् । यो बीचमा अहिले उनलाई सजाय दिने न्याधीश अरशद मलिकको एक भिडियो सार्वजनिक गराइएको छ । उक्त भिडियो मरियम शरीफ (नवाजकी छोरी)ले बाहिर ल्याएकी हुन् ।

उक्त भिडियोमा गलत तरिकाले नवाजलाई फसाइएको बताइएको छ । तर अहिले न्याधीशले यो कुरामा सत्यता नभएको भन्दै खण्डन गरेका छन् । उनले यो पनि प्रष्ट पारेका छन कि उनलाई मरियमले घुस दिने प्रयास गरेकी थिईन् । अल अजीजिया स्टील मिल घोटाला काण्डमा नवाज जेल सजाय काट्दै आइरहेका छन् । शनिवार मरियम र पीएमएल–एनका दुई वरिष्ठ नेता शहबाज शरीफ र शाहिद खक्कान अब्बासीले न्याधीश अरशद मलिकको एक भिडियो जारी गरेका थिए ।

शरीफलाई अदालतले ७ वर्षको जेल सजाय सुनाएको थियो उनि अहिले लाहोर जेलमा बन्द छन् । न्याधीश मलिकले मरियमले लगाएको आरोपलाई एक विज्ञप्ति जारी गर्दै गलत्त भएको स्पष्ट पारेका हुन् । उनको र पीएमएल–एन नेता नसीर बट्टबीच कुरा भएको गलत्त भएको जनाइएको छ । उनले आफुलाई घुस देखि धम्कीहरु पनि आएको भन्दै आफुले देश र जनताको पक्षमा फैसला गरेको बताएका छन् । उक्त भिडियोमा अडियो पछि बनाइएको र सम्पुर्ण तरिकाले एडिट गरिएको बताइएको छ । सरकारले भिडियोको बारेमा सत्थतथ्य बाहिर ल्याउन भन्दै जाँचको आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस