विश्वकै भ्रष्ट प्रहरीको सूचिमा छन् यी देश

एजेन्सी

शुक्रबार, २७ असार २०७६, १५ : ३६
विश्वकै भ्रष्ट प्रहरीको सूचिमा छन् यी देश

एजेन्सी । घुस्याह प्रहरीबारे धेरैलाई थाहा छ । प्रहरीको वर्दी लगाएका केही राष्ट्रसेवकले आफ्नो जिम्मेवारी र पदीय मर्यादा बिर्सिदा भ्रष्टाचारका घटनाहरु दिनानुदिन बढीरहेका छन् । उनीहरुले आम मानिससँग अनावश्यक बार्गेनिङ गर्ने र आम मानिसलाई दुःख दिने गरेका छन् ।

नेपालमा पनि प्रहरी प्रशासनमा हुने भ्रष्टाचारबारे बेलाबेला चर्चा हुने गर्छ । मासिक आउने सेवा सुविधाबाट सन्तुष्ट नभएका प्रहरीहरु यस्तो कार्यमा बढी संलग्न देखिएको एक अध्ययनले देखाएको थियो । उत्कृष्ट छवी बनाएको प्रहरी प्रशासनलाई भ्रष्टाचार जस्तो गम्भिर अपराध बेलाबेलामा टाउको दुखाइको विषय पनि बनेको छ । वण्डरलिष्टले विश्वकै घुस्याहा प्रहरी हुने देशको सुची बनाएको छ । यी हुन् विश्वकै सबैभन्दा धेरै घुस्याहा प्रहरी हुने देशहरुः

पाकिस्तानः पाकिस्तान आम सर्वसाधरणलाई लाग्छ कि सबैभन्दा भ्रष्ट सेक्टर प्रहरी प्रशासन हो । प्रहरीहरु क्रुरता देखाउँदै पैसा असुल्ने काम गर्छन् । निर्दोष व्यक्ति, अपराधी तथा विभिन्न व्यक्तिहरुसँग उनीहरु पैसा असुल्ने काम गर्छन् । एजेके पुलिस सबैभन्दा धेरै भ्रष्ट र क्रुर रहेको अध्ययनमा उल्लेख छ । पञ्जाव पुलिस सबैभन्दा खराब पुलिसको दोस्रो स्थानमा रहेको छ ।

रसिया पुलिसः विश्वकै समृद्ध देश भएता पनि यस देशका पुलिसहरु भ्रष्ट रहेको अध्ययनमा उल्लेख छ । निर्दोष व्यक्तिलाई यातना दिने, पैसा असुल्ने जस्ता कार्यमा रसिया प्रहरी अगाडि रहेको बताइएको छ ।

सुडान पुलिसः विभिन्न कारणले सुडान पुलिस अति भ्रष्ट रहेको देखाउछ । यस देशमा ठुलो संख्यामा हत्याकाण्ड हुने गरेका छन् । अर्को समस्या यो देशले आफ्नै पुलिस भ्रष्ट भएर चुकाइरहेको छ । आम नागरिकको तलबबाट प्रहरीहरु कमिशन माग्ने, उनीहरुलाई थर्काउने तथा लुट्न समेत पछि नपर्ने खालका रहेका छन् । यहाँका प्रहरी फाइल रिपोर्ट गर्न, अपराध अनुसन्धान पनि निकै कम स्तरमा गर्छन् । उनीहरुलाई पैसा आउँछ भने मात्र तमतयारी देखाउँछन् ।

अफगानिस्तान पुलिसः विभिन्न चेक पोइन्टमा बसेर अफगान्सितानका पुलिस पैसा असुल्ने गरेको अनसन्धानले देखाएको थियो । अपराधीलाई पक्रनुको सट्टा उनीहरुसँग पैसा लिएर छोड्ने गरेको समाचार व्यापक आउने गरेको थियो ।

यी पनि हुन् भ्रष्ट प्रहरीको सूचिमा रहेका देशहरुः

सोमालिया पोलिस

इराक पोलिस

बर्मा पोलिस

केन्या पोलिस

मेक्सिको पोलिस

हाइटी पोलिस
 

प्रतिक्रिया दिनुहोस