सडक छेउमा योग गरिरहेका मानिसलाई कारले कुल्चँदा पाँच जनाको मृत्यु

एजेन्सी

विहीबार, २६ असार २०७६, १४ : ५४
सडक छेउमा योग गरिरहेका मानिसलाई कारले कुल्चँदा पाँच जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थान राज्यको भरतपुरमा बिहान सडक किनारमा योग गरिरहेका वृद्धहरूलाई तीव्र गतिमा आएको कारले कुल्चेको छ । दुर्घटनामा परी पाँच वृद्धको घटनास्थलमै मृत्यु भएको छ । एकजना घाइते छन् । 

बिहीवार बिहान एउटै टोलका ६ वृद्ध मर्निङ वाक गर्न निस्केका थिए । उनीहरू राजमार्गनजिकको लिंक रोडमा घुमिरहेका थिए । 

सडकछेउमा बसेर योग गरिरहँदा तीव्र गतिमा स्विफ्ट डिजायर कार उनीहरूलाई कुल्चिँदै अघि बढ्यो । 

घटनाको बारेमा थाहा हुनेबित्तिकै स्थानीयहरू आक्रोशित बने । उनीहरू राजमार्ग अवरुद्ध गरे । प्रहरी प्रशासनले सम्झाएपछि उनीहरू शान्त भए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस