क्याम्पसमा पेन डाउन

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, १७ : २७
क्याम्पसमा पेन डाउन

चितवन । त्रिवि शिक्षण सहायक सरोकार समूहले आज सम्पूर्ण क्याम्पसमा पेन डाउन (कलम बन्द) गरेको छ । समूहले भरतपुरको वीरेन्द्र क्याम्पसमा पत्रकार सम्मेलन गरी आफ्नो माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमअन्तर्गत आज सोमबार र भोलि मंगलबार पेन डाउन कार्यक्रम गरेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा वितरण गरिएको समूहका अध्यक्ष कृष्णराज ढकाल र महासचिव पदमप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा असार १९ गते समूहको केन्द्रीय कमिटिले आन्दोलनको घोषणा गरेको उल्लेख छ । विज्ञप्तिमा आन्दोलनका कार्यक्रमअन्तर्गत असार २६ गते त्रिवि प्राध्यापकसंघसँग छलफल गर्ने र असार २७ गते त्रिवि पदाधिकारीसँग संयुक्त भेटघाट गरी आफ्नो जायज मागहरु पूरा गर्न दबाब दिने जनाइएको छ ।

त्रिविमा लामो समयसम्म दरबन्दीमा कार्यरत प्राध्यापकहरुको आन्तरिक प्रतियोगिता नगरिएको हुनाले आन्दोलित हुनुपरेको महासचिव पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । त्रिविले यसअघि २०७२ सालमा आन्तरिक तथा खुला प्रतियोगिता गरेको थियो । अहिले आन्तरिक प्रतियोगिता नगरी खुला प्रतियोगितामात्र गरेको हुनाले आन्दोलिन हुनुपरेको न्यौपानेले बताउनुभयो ।


 

प्रतिक्रिया दिनुहोस