Safal Khabar - खर्च धेरै हुन्छ भनेर पाकिस्तानी प्रधानमन्त्री खान अमेरिकाको महङ्गो होटलमा नबस्ने
शनिबार, ०२ कार्तिक २०७६ (Saturday, 19 October, 2019)
खर्च धेरै हुन्छ भनेर पाकिस्तानी प्रधानमन्त्री खान अमेरिकाको महङ्गो होटलमा नबस्ने
सोमबार, २३ असार २०७६, १४ : ४९
खर्च धेरै हुन्छ भनेर पाकिस्तानी प्रधानमन्त्री खान अमेरिकाको महङ्गो होटलमा नबस्ने

एजेन्सी । पाकिस्तान प्रधानमन्त्री इमरान खानले आफ्नो अमेरिका भ्रमणका दौरान महङ्गो होटलमा नभएर पाकिस्तानी राजदूतको निवासमा बस्ने चाहना व्यक्त गरेको मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ । देशले आर्थिक संकट बेहोरिरहेको बेला खानले आफ्नो भ्रमणको खर्च कम गर्न यस्तो निर्णय लिएका हुन् ।

गत वर्ष प्रधानमन्त्री पदमा निर्वाचित भएपछि खानले अनावश्यक खर्च घटाउन विभिन्न निर्णयहरु लिँदै आएका छन् ।

इस्लामाबादका अधिकारीहरुले अमेरिकाको वासिङ्टनस्थित पाकिस्तानी दूतावासलाई प्रधानमन्त्री खानको चाहनाबारे जानकारी गराइसकेका छन् । डन पत्रिकाका अनुसार खान आगामी जुलाई २१ तारिखदेखि अमेरिकाको तीन दिने भ्रमणमा निस्कने छन् ।

खानको यो निर्णयप्रति अमेरिकाको सिक्रेट सर्भिस र सहरका अधिकारी भने सन्तुष्ट छैनन् । अमेरिका पुग्ने बित्तिकै त्यहाँको सिक्रेट सर्भिसले खानको सुरक्षा कमाण्ड सम्हाल्नेछ भने सहरको प्रशासनले त्यस क्षेत्रमा ट्राफिक अवरुद्ध नहोस् भन्ने जिम्मा लिनेछ ।

पाकिस्तानी राजदूतको निजी निवास वासिङ्टनको कुटनीतिक क्षेत्रमा पर्दछ जहाँ विभिन्न देशका राजदूतावासहरु समेत रहेका छन् ।

अमेरिका भ्रमणका दौरान खानले विभिन्न अमेरिकी अधिकारी, मिडिया र थिंकट्याङ्कसँग छलफल गर्नेछन् । यसको लागि निवासको आकार सानो रहेको छ ।

उनले छलफलका लागि पाकिस्तानको राजदूतावस नै प्रयोग गर्नुपर्ने हुन्छ । यसले ट्राफिक आवगमनमा असर पुग्नसक्ने सहर प्रशासनको चिन्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस