अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय पदक

सफल खबर संवाददाता

सोमबार, २३ असार २०७६, १४ : ३७
अक्सफोर्ड कलेजलाई अन्तर्राष्ट्रिय पदक

चितवन । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टलाई जर्मनीबाट अन्तर्राष्ट्रिय पदक प्राप्त भएको छ ।  
गैँडाकोटमा २०५७ सालमा स्थापना भई अध्ययन अध्यापनको क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अक्सफोड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टले हालै जुलाई ६ र ७ जर्मनीको राजधानी वर्लिनमा भएको एक सम्मेलनमा संसारभरबाट सहभागी भएका ८५ देशलाई पछि पार्दै पदक जितेको हो । अक्सफोर्डले यसअघि नेपालमा नै पहिलो पटक ईन्टरनेशनल स्टार फर लिडरशीप क्वालिटी अवार्ड २०१८ प्राप्त गरेको थियो ।
शैक्षिक गुणस्तर व्यावस्थापनमा नेतृत्वदायी भूमिका र अनुसन्धानमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै अक्सफमेर्डलाई क्वालिटी च्वाईस प्राईज २०१९ (स्वर्ण पदक)ले विभूषित गरिएको छ । यो पदक प्राप्त गर्नका लागि लगातार १० बर्षभन्दा बढी सम्बन्धीत क्षेत्रमा योगदान गरेको हुनु पर्दछ ।
पदक स्वीजरल्याण्डमा रहेको यूरोपियन सोसार्यटी फर क्वालिटी रिसर्च नामक संस्थाले प्रदान गरेको हो । यो संस्थाले विश्वभरका कुनै पनि निजी, सामुदायिक तथा पूर्ण सरकारी संघसंस्थालाई योगदानको आधारमा प्रदान गर्दछ ।
छनौट समितिले सूचना दुतावासबाट, विश्वविद्यालयबाट, उद्योग वाणिज्य संघबाट, प्रकाशित पत्रपत्रिकाबाट, अनुसन्धानबाट र आफ्नो गोप्य सुचनाबाट छनौट गर्दछ । छनौट भएको संंस्थालाई माथिल्लो निकायमा लगि विश्लेषण र निरिक्षण गरेर मात्र पदक प्रदान गरिन्छ ।
अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टका संस्थापक प्रिन्सिफल ई. हरिप्रसाद भण्डारीले सगरमाथा, गौतम बुद्ध जन्मेको देश, प्रकृतिले भरीपूर्ण देश भनी नेपालको परिचय दिँदै गुणस्तर र व्यवस्थापन कस्तो हुनु पर्दछ भन्ने विषयमा बोल्नु भएको थियो । उक्त कार्यक्रममा कलेजबाट बिबिए संकाय प्रमुख नारायण सापकोटा पनि उपस्थित रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस