कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना तेश्रो, मेसीले पाए करियरकै दोश्रो रातो कार्ड

एजेन्सी

आइतबार, २२ असार २०७६, ०९ : १७
कोपा अमेरिका : चिलीलाई हराउँदै अर्जेन्टिना तेश्रो, मेसीले पाए करियरकै दोश्रो रातो कार्ड

एजेन्सी । कोपा अमेरिका २०१९ को तेस्रो स्थानको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोलमा अर्जेन्टिनाले जित दर्ता गरेको हो ।

खेलको १२ औं मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले लिओनेल मेस्सीको पासमा गोल गरेका थिए । त्यसको १० मिनेटपछि डिबालाले अर्जेन्टिनाको अग्रता दोब्बर पारे । जिओभानी लो सेल्सोको पासलाई सदुपयोग गर्दै डिबालाले प्रतियोगिताको पहिलो गोल गरे । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका खेलाडीले अनावश्यक फल प्रहार गरिरहेका थिए ।

पहिलो हाफको ८ मिनेट समय बाँकी रहँदा चिलीका ग्यारी मेडेल र अर्जेन्टिनाका लिओनेल मेस्सीलाई रातो कार्ड देखाए । रेफ्रीले दुवै खेलाडीले एक अर्कालाई ठेल्न थालेपछि रातो कार्ड देखाएका थिए । बल बाहिर गइसकेपछि मेडेलले मेस्सीलाई टाउकोले हान्न खोजेका थिए, तर रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड दिए । यो मेस्सीको करिअरको दोस्रो रातो कार्ड हो । दोस्रो हाफमा चिलीले गोल फर्काउँदै खेलमा फर्कने संकेत देखायो । आर्टुरो भिडालले पेनाल्टीमा गोल गर्दै खेल २–१को स्थितिमा ल्याए । थप गोल हुन नसक्दा अर्जेन्टिनाले तेस्रो स्थान हासिल गर्यो । कोपा अमेरिकाको फाइनलमा आइतबार ब्राजिल र पेरु खेल्दैछन् । ब्राजिलले अर्जेन्टिना र पेरुले चिलीलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएका हुन् ।
 

प्रतिक्रिया दिनुहोस