न्युक्यापिटल कलेजमा विद्यार्थीको ओइरो, एक्सपर्ट ग्रुपसँगको सहकार्यले कलेजलाई फाइदा

सफल खबर संवाददाता

शनिबार, २१ असार २०७६, १४ : २८
न्युक्यापिटल कलेजमा विद्यार्थीको ओइरो, एक्सपर्ट ग्रुपसँगको सहकार्यले कलेजलाई फाइदा

चितवन । न्युक्यापिटल कलेज रत्नगर नगरपालिका–४, चितवन विद्यार्थीहरुको रोजाइमा परेको छ । भर्नाको लागि आवेदन माग भएको केही दिनमा नै सयौं विद्यार्थीले आवेदन दिइसकेको कलेजले जनाएको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यक्रमहरु थप गर्दै एक्सपर्ट ग्रुपसँग सहकार्य गरेपछि न्युक्यापिटल विद्यार्थीहरुको रोजाइमा परेको हो । गत असार १ गते कलेज र एक्सपर्ट ग्रुपका बीचमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न सहकार्य भएको थियो । कलेजको शैक्षिकस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन एक्सपर्ट ग्रुपसँग सहकार्य गरेपछि यस वर्ष गत वर्षको तुलनामा बढी विद्यार्थी आकर्षित भएको पौडेलले बताए ।

कलेजका प्रिन्सिपल भपेन्द्र धितालले एक्सपर्टसँग सहकार्यमात्र भएकोले यसबाट युक्यापिटलको व्यवस्थापनमा परिवर्तन नभएको बताए । भविष्यमा नेपालमा नै बसेर अष्ट्रेलिया र अमेरिका जस्ता विकसित देशको तहको शिक्षा कलेजमा विद्यार्थीहरुले पाउने धितालको दावी छ ।

धितालले कलेजमा पब्लिक स्पिकिङ र विभिन्न प्रयोगात्मक अभ्यासका कार्यक्रमहरु थप गरिएको जानकारी दिए । धितालका अनुसार यसवर्ष कलेजले मानविकी संकाय पनि थप गरेको छ । कलेजमा होटल म्यानेजमेन्टका प्राविधिक विशेष कक्षाहरु सञ्चालनमा आइरहेका छन् ।

विसं २०५७ सालमा स्थापना भएको यो न्युक्यापिटल कलेजले दुईपटक विज्ञान र व्यवस्थापनमा नेपाल प्रथम हुन सफल भइसकेको छ । कलेजमा पूर्णतया एयर कन्डिसनसहितको कोठा, पर्याप्त खेलकुद मैदान, अत्याधुनिक लाइब्रेरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस