कोपा अमेरिका फुटबल : ब्राजिल र पेरु फाइनलमा

एजेन्सी

विहीबार, १९ असार २०७६, ०८ : ५८
कोपा अमेरिका फुटबल : ब्राजिल र पेरु फाइनलमा

एजेन्सी । ब्राजिलमा भईरहेको कोपा अमेरिका कप फुटबलमा पेरु र ब्राजिल फाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा पेरुले चिलिलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

पेरुले चिलिलाई ३–० ले पराजित गरेर फाइनलमा पुगेको हो । यस अगाडी हिजो ब्राजिलले अर्जेन्टिनालाई २–० ले पराजित गरेर फाइनलमा पुगेको थियो । आयोजक ब्राजिल कोपा अमेरिकाको १२ वर्षपछि फाइनलमा पुगेको थियो । अब यी दुई टिमबीच जित्नेले कोपा अमेरिकाको उपाधी उचाल्ने छ ।


 

प्रतिक्रिया दिनुहोस