मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

एजेन्सी

बुधबार, १८ असार २०७६, १७ : ५३
मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ । 

स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताउनुभएको थियो ।

करीब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त रहेको छ ।

अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करीब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको मङ्गलबार नै जानकारी दिइएको थियो  । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस