अमेरिकामा विमान दुर्घटना : दश जनाको मृत्यु

एजेन्सी

सोमबार, १६ असार २०७६, १४ : ५६
अमेरिकामा विमान दुर्घटना : दश जनाको मृत्यु

ह्युस्टन । अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । 
डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 
स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ । 
अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् । (रासस -सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस