उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प

एजेन्सी

आइतबार, १५ असार २०७६, १६ : ११
उत्तर कोरियाली भूमिमा पाइला टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प

पानमुनजोम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको छ । 
उत्तर र दक्षिण कोरिया छुट्याउने असैनिक क्षेत्रमा भएको पहिलो ऐतिहासिक भेटवार्ताका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतालाई अमेरिका भ्रमणको निम्ता दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस भ्रमणका लागि किमलाई आफूले स्वागत र निमन्त्रणा गरेको जानकारी दिनुभयो । दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो । 
साथै, अमेरिकी बहालबाला राष्ट्रपतिले उत्तर कोरियामा पाइला टेकेको पनि यो पहिलो अवसर हो । 
उत्तर कोरियाली नेता र राष्ट्रपति ट्रम्पबीच उत्तर कोरियाली सीमा कार्यालयमा विशेष बैठक समेत भएको छ ।
पानमुनजोन भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन पनि सहभागी हुनुहुन्छ ।(रासस-एएफपी) 
 

प्रतिक्रिया दिनुहोस