बिरोले खिचेको चिलको तस्विर विश्वभर भाईरल

एजेन्सी

आइतबार, १५ असार २०७६, १४ : १९
बिरोले खिचेको चिलको तस्विर विश्वभर भाईरल

एजेन्सी । क्यानडाका एक फोटोग्राफरले खिचेको चिलको तस्बिरले विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ । युवा फोटोग्राफर स्टिभ बिरो, जो शौखिन फोटोग्राफर हुन्, उनले खिचेको चिलको तस्बिर भाइरल भएको हो । तस्बिरलाई लिएर धेरैले फोटोग्राफर स्टिभको प्रशंसा गरेका छन् । उनले खिचेको तस्बिरमा उड्दै गरेको बाल्ड चिलका दुवै पखेटाले पानीलाई छोएका छन् । पानीमा परेको चिलको प्रतिबिम्ब पनि तस्बिरमा समेटिएको छ ।

स्टिभले क्यानडाको राप्टर कन्जरभेन्सीमा लिएको चिलको तस्बिर सुरुमा फोटोग्राफीका केही फेसबुक ग्रुपमा पोस्ट गरेका थिए । लक्ष्य तर्फ केन्द्रित भएका आँखासहितको चिलको तस्बिर भाइरल भयो । सो तस्बिर बिरोले सोही दिन खिचेका सयौँ तस्बिर मध्ये एक हो । बिबिसीसँग फोटोग्राफर बिरोले भनेका छन्, ‘पक्कै पनि मैले खिचेका मध्ये यो तस्बिर राम्रोमा पर्छ । तर अझै पनि स्पष्ट हुन सकेको छैन कि मानिसहरुले यसलाई यस्तो गरि कसरी मनपराए भन्ने ।’ 

तस्बिरलाई रेडइटले गृह पृष्ठमा राखेपछि विश्वभरका सञ्चारमाध्यमले पनि प्रयोग गरेका छन् । बिरोले शौखको रुपमा गएको १० वर्षदेखि तस्बिर लिँदै आएका छन् । उनले विशेष गरि प्रकृति, भू–खखण्ड, शहरहरुको तस्बिर लिने गरेका छन् । उनलाई विशेष गरि चराको तस्बिर खिच्दा थप आनन्द मिल्ने गरेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस