एकदिवसिय विश्वकप क्रिकेट : पाकिस्तानसँग अफगानिस्तान ३ विकेटले पराजित

एजेन्सी

आइतबार, १५ असार २०७६, १० : २७
एकदिवसिय विश्वकप क्रिकेट : पाकिस्तानसँग अफगानिस्तान ३ विकेटले पराजित

एजेन्सी । पाकिस्तान आईसीसी एकदिवसिय विश्वकप क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले हरायो । यस जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।

विश्वकपबाट बाहिरि सकेको अफगानिस्तानको यो लगातार आठौं हार हो ।दुई सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो । पाकिस्तानको जितमा इमाद वासिमले अविजित ४९ रन बनाए । बाबर आजमले ४५, इमाम उलहकले ३६, हरिस सोहिलले २७, मोहमद हाफिजले १९, कप्तान सर्फराज अहमेदले १८ र वाहब रियाजले अविजित १५ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र मोहमद नावीले दुई दुई विकेट लिए । रसिद खानले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय २७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२ रन बनाए । रहमत शाहले ३५, इक्राम अलिखिल २४, समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६ र कप्तान गुलबदिन नाइब १५ रन बनाएका थिए । 

पाकिस्तानका सहिन शाह अफ्रिदीले चार विकेट हात पारे । वाहब रियाज र इमाद वासिमले दुई दुई विकेट लिए । सदाव खानले एक विकेट लिए । जितसँगै पाकिस्तानले आठ खेलबाट ९ अंक बनाएको छ । अंक विहिन अफगानिस्तानले तालिकाको अन्तिममा छ ।

 

प्रतिक्रिया दिनुहोस