एकदिवसीय विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी

बुधबार, ११ असार २०७६, १० : ०६
एकदिवसीय विश्वकप क्रिकेट : इङ्ल्याण्डलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

एजेन्सी । साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । हारसँगै इङ्ल्याण्डको सेमिफाइनल यात्रा कठिन बनेको छ। इङ्ल्याण्डको यो हारले सेमिफाइनलको दौडलाई रोचकसमेत बनाएको छ।

अब इङ्ल्याण्डले दुई खेल खेल्न बाँकी छ। सेमिफाइनल पुग्ने उसले दुबै म्याच अनिवार्य जित्नुपर्छ र एकमात्र म्याच हारेमा भने उसले अन्य टोलीको हारजितमा भर पर्नुपर्नेछ।

मंगलबार भएको खेलमा इङ्ल्याण्ड ६४ रनले पराजित भएको हो। पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ७ विकेटको क्षतिमा उसलाई २८६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा आएको इंल्याण्ड ४४.४ ओभरमै २२१ रन बनाउँदा अलआउट भयो। इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । ३७ ओभरको अन्तिम बलमा मिचेल स्टार्कले बोल्ड आउट गर्नु अघि उनले १ सय १५ बलमा ८ चौका र २ छक्का प्रहर गरे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।

इंग्ल्यान्डले सुरुवात देखीनै खराब प्रर्दशन गरेको थियो । पहिलो ओभरको दोस्रो बलमै जेसन बेहरनडर्फले ओपनर जेम्स भिन्सलाई शुन्यमा बोल्ड आउट गरे । चौथो ओभरको तेस्रो बलमा मिचेल स्टार्कले जो रुटलाई ८ रनमा एलबी डब्लू आउट गरे । छैटौं ओभरको पाँचौ बलमा स्टार्कले कप्तान इओन मोर्गनलाई ४ रनमा प्याटकमिन्सबाट क्याच आउट गराएपछि इंग्ल्यान्ड २६–३ को कमजोर अवस्थामा पुगेको थियो ।

अस्ट्रेलियाका लागि ओपनर तथा कप्तान आरोन फिन्चले शतक प्रहार गरे। ११६ बलको सामना गरेका उनले ११ चौका र २ छक्का हिर्काए। उनका ओपनिङ पार्टनर डेभिड वार्नरले ५३ रनको योगदान दिए। उनले ६१ बलमा ६ चौका प्रहार गरे।उस्मान खावाजा २३ रन र स्टेभिन स्मिथ ३८ रनमा आउट भए। ग्लेन म्याक्सवेल ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १२ रनमा जोडेर आउट भए।

मार्कोस स्टोइनिस ८ रनमा रनआउट भए भने पाट कमिङ्ग्सले १ रन मात्र जोड्न सके। एलेक्स कोरीले नटआउट ३८ रन जोडे। उनले २७ बलमा ५ चौका हिर्काए। बलिङमा इङ्ल्याण्डका क्रिस ओएक्सले २ विकेट लिए। जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १–१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस