प्रचण्डले भने– ‘विप्लवलाई मैले बम्बै होइन काठमाडौं नै लगेको हुँ’

मंगलबार, १० असार २०७६, १८ : ०७
प्रचण्डले भने– ‘विप्लवलाई मैले बम्बै होइन काठमाडौं नै लगेको हुँ’

चितवन । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लवको हिसांत्मक गतिविधि  शान्तिपुर्ण रुपमा समाधान हुने बताएका छन ।
मंगलवार भरतपुर महानगरपालिकाको चौथौं नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले वार्ता छलफलको प्रकृया चलीरहेकाले विप्लव ढिलोचाँडो शान्तिपुर्ण बाटोमा आउने बताएका हुन । 
प्रचण्डले कहिलेकाँहि गरिरहेको बन्द, हड्ताल, केही हिंसात्मक क्रियाकलापले केही अशान्ती आउछ की भन्ने लागेको जस्तो भएपनि अब शान्तिपूर्ण राजनीतिको विकल्प नभएको जिकिर गरे । उनले भने ‘आजको बन्दमा पनि कहिँकतै तर्साउने बस्तु, सिलिण्डर भेटिएको भनेर सुने तर यो पार लाग्ने बाटो होइन ।’
विप्लवलाई आफूले नजिकबाट चिनेको बताउँदै प्रचण्डले ढिलो चाँढो मुलधारमा फर्कने विश्वास व्यक्त गरे । उनले भने ‘शान्ति प्रक्रियामा आइसकेपछि २ वर्ष मेरो कार्यालयको मुख्य सचिव भएर काम गरेकाले राम्रोसँग चिन्छु, पछिल्ला घट्नाक्रमले विप्लवलाई पनि विस्तारै नयाँ सोचतिर जाँन प्रेरित गरीरहेको छ ।’
‘कमरेड तपाईंले हामीलाई काठमाडांै त ल्याउनुभयो तर नुवाकोट की भर्खरकी युवतीलाई काठमाडांै ल्याएर विहे गर्छुभल्दै बम्बई पु¥याए जस्तो भो ।’ सम्बोधनकै क्रममा प्रचण्डले विप्लवले एउटा बैठकमा फरक तरिकाले आप्mनो दिमाग खल्बल्याउने गरी तर्क गरेको सुनाए । उनले भने ‘विप्लव जिलाई मैले बम्बै होइन काठमाडौं नै लगेको हुँ जुन दिन बुझ्नुहुन्छ त्यो बेला फर्कनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस