देशका विभिन्न २० स्थानमा शंकास्पद वस्तु फेला, ७ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १० असार २०७६, १३ : ०८
देशका विभिन्न २० स्थानमा शंकास्पद वस्तु फेला, ७ जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वले आज आह्रवान गरेको नेपाल बन्दका दिन अहिलेसम्म देशका विभिन्न २० स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । जसमध्ये ९ वटा शंकास्पद वस्तु आतंक सिर्जना गर्नेगरी नक्कली बममात्रै राखिएको पाइएको छ । अन्य शंकास्पद बस्तु भने नेपाली सेनाको बम डिस्पोजल टोलीले निश्क्रिय बनाएको प्रहरीले जनाएको छ । 
प्रहरीले ३ स्थानमा ग्यास सिलिन्डर बम फेला परेको जनाएको छ ।  यस्तै २ स्थानमा सकेट बम, एक स्थानमा सुतली बम, एसिड बम र टाइम बम फेला परेको छ भने ४ ठाउँमा तोडफोटको घटना भएको छ ।
बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ७ जना विप्लवका कार्यकर्तालाई समेत प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस