नेकपा जिल्ला समिति : यस्तो छ असी र पचहत्तरको भागबण्डा (नामावलीसहित)

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, १७ : १८
नेकपा जिल्ला समिति : यस्तो छ असी र पचहत्तरको भागबण्डा (नामावलीसहित)

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिले पूर्णता पाएको छ । जिल्ला समितिका सदस्यहरुलाई सोमबार एक समारोहबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराउनु भएको छ ।
एक सय ५५ सदस्यीय जिल्ला कार्य समितिमा पूर्व नेकपा माओवादी केन्द्रबाट ७५ जना र पूर्व नेकपा एमालेबाट ८० जना रहेका छन् । यस क्रममा पहिले जिल्ला सदस्य रहेका केही अनुहार अहिले अटाएका छैनन् भने केही नयाँ अनुहार पनि समेटिएका छन् । पार्टी जिल्ला कार्य समितिले पूर्णता पाएपछि अब जिल्लामा रहेका जनवर्गीय संगठनहरुको एकता बाँकी रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यसमिति चितवनको एक सय ५५ सदस्यको नामावली यसप्रकार छ,

प्रतिक्रिया दिनुहोस