एक दिवसिय विश्वकप क्रिकेट : पाकिस्तानसँग दक्षिण अफ्रिका पराजित

एजेन्सी

सोमबार, ०९ असार २०७६, ०९ : ३७
एक दिवसिय विश्वकप क्रिकेट : पाकिस्तानसँग दक्षिण अफ्रिका पराजित

एजेन्सी । इङ्ल्याण्डमा जारी क्रिकेट विश्वकपमा आइतबार पाकिस्तान विजयी भएको छ। पाकिस्तानले दक्षिण अफ्रिकामाथि ४९ रनको जित हासिल गरेको हो।

सो खेलमा पहिले ब्याटिङ गर्दे पाकिस्तानले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा ३०८ रन बनाएको थियो। त्यसपछि ३०९ रनको जवाफी लक्ष्य पछ्याउन आएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २५९ रनमा नै समेटिएपछि  खेल  पाकिस्तानले जित्यो।

हारसँगै दक्षिण अफ्रिकाको विश्वकप यात्रा लिग चरणमै सकिएको छ। अफ्रिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६३ रनको योगदान दिए । मोहम्मद आमिरले ३० ओभरको तेसो बलमा विकेटकीपर सरफराज अहमिदबाट क्याच आउट गराउनु अघि डु प्लेसिसले ७९ बलको सामना गर्दै ५ चौका प्रहार गरे । क्विन्टन डी कक र डु प्लेसिसले दोस्रो विकेटका लागि ८७ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आसा देखाएका थिए । तर २० ओभरको दोस्रो बलमा सादब खानले इमाम उल हकबाट क्याच आउट गराउँदै डी ककलाई ६० बलमा ३ चौका र २ छक्का सहित ४७ रनमा पेभिलिएन फर्काएपछि जित कठिन बन्न पुगेको थियो ।

पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान हरिस सोहिलले सबैभन्दा बढी ८९ रनको योगदान दिए। उनले ५९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। बाबर अजामले ६९ रन जोडे। उनले ८० बलमा ७ चौका हिर्काए। ओपनरद्वय इमाम उल हक र फकर जमानले ४४–४४ रन बटुले। मोहमद हफिज २० रनमा आउट हुँदा इमाद वासिमले २३ रन जोडे। बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ३ विकेट लिए। एइडिन माक्रमले २ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस