अर्जेन्टिना पुग्यो कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

एजेन्सी

सोमबार, ०९ असार २०७६, ०७ : २२
अर्जेन्टिना पुग्यो कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । कोपा अमेरिका फुटबलको समुह चरणका खेलमै राम्रो प्रर्दशन गर्न नसकेको अर्जेन्टिना अन्ततः क्वाटरफाइनलमा पुगेको छ ।

उसको खेल सुखद हुन नसकेपछि माथिल्लो चरण प्रवेश पुग्ला की नपाउला भन्नेमा खेलप्रेमीहरुले निक्कै चासो लिएका थिए । समुह चरणको एक खेल हारेको र अर्काे खेल बराबरीमा रोकिएपछि क्वाटरफाइनल खेलमा पुग्नका लागि आज बिहान भएको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब थियो ।

कतारसँगको खेल जितेर मात्र पनि उसलाई पुग्ने थिएन, अर्काे एकै समुहको खेलमा पराग्वे पराजित भएमात्रै क्वाटरफाइनल खेलका लागि ढोका खुल्ने अवस्थामा थियो । तर आज बिहान भएको अर्जेन्टिना र कतारबीचको खेल र कोलम्बिया र पराग्वे बीचको खेल अर्जेन्टिनाका लागि क्वाटरफाइनल पु¥याउने गरी नै नतिजा आएको छ । अर्जेन्टिनाले कतारलाई २–० ले पराजित ग¥यो भने कोलम्बियाले पनि पराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

त्यसपछि मात्रै अर्जेन्टिनालाई क्वाटर फाइनल प्रवेशका लागि ढोका खुलेको हो । आज बिहान समूह बि को खेलमा अर्जेन्टिनालाई क्वाटरफाइनलसम्म पु‍¥याउन लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरेका थिए ।

अर्जेन्टिनाले खेलको चौथौं मिनेटमा नै गोल गर्दै अग्रता बनायो । अर्जेन्टिनाका लागि मार्टिनेजले गोल गरेका थिए । त्यस्तै, उनकै गोलको मदतमा अर्जेन्टिनाले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ८२ औं मिनेटमा सर्जियोले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाएपछि अर्जेन्टिनालाई सहज भएको थियो ।

प्रतिक्रिया दिनुहोस