एजेन्सी । कोपा अमेरिकामा आयोजक ब्राजिलले पेरूलाई ५ गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
आइतबार सम्पन्न खेलमा पेरूलाई पराजित गरेसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आज भएको खेलमा कासमेरोले खेलको १२ औं मिनेटमा ब्राजिललाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको १९ औं मिनेटमा रोबेर्टो फिरमिनोले ब्राजिलको अग्रतालाई दोब्बर पारेका थिए।
यसैगरी ब्राजिलका लागि एभरटन सोएरेसले ३२ औं मिनेटमा तेश्रो गोल गरे। ५–० को फराकिलो अन्तरले हराउने क्रममा ब्राजिलका डानी एल्भिसले खेलको ५३ औं तथा विलियनले ९० औं मिनेटमा थप दुई गोल गरेको थियो।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ असार २०७६, ०९ : ४२
लेखकबाट थप