कोपा अमेरिका : चिलीको संघर्षपूर्ण जित , इक्वेडर घर फर्किने पक्का

एजेन्सी

शनिबार, ०७ असार २०७६, ०९ : १४
कोपा अमेरिका : चिलीको संघर्षपूर्ण जित , इक्वेडर घर फर्किने पक्का

एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २–१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको हो । चिलीले जोसे पेड्रो फियोनजालिदाको गोलमा आठौं मिनेटमा अग्रता लिएको थियो। त्यसपछि १ गोलले अघि रहेको चिलीलाई इक्वेडरले खेलको २६ औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गरेको थियो । पहिलो हाफ १–१ को बराबरी  सकिएको खेलमा चिलीले एलेक्सिस सान्चेजको गोलमा खेलको ५१ औं मिनेटमा फेरि अग्रता कायम गर्‍यो। त्यसपछि खेलमा कुनै गोल भएन र जित चिलीले हात पार्‍यो।
खेलको ८९ औं मिनेटमा इक्वेडर १० खेलाडीमा सिमित भयो । ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

यस जितसँगै चिली २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहिन छ ।
 

प्रतिक्रिया दिनुहोस