कोपा अमेरिका : ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकियो

एजेन्सी

बुधबार, ०४ असार २०७६, १० : १९
कोपा अमेरिका : ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकियो

एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा ६९ प्रतिशत बल नियन्त्रणमा लिए पनि ब्राजिल फिनिसिङमा पटक पटक चुकेको थियो। ब्राजिलले १२ पटक गोलका लागि प्रयास गरे पनि एक पटक मात्र पोस्टमा प्रहार गर्न सक्यो । 
यस बराबरीसँगै समूह ‘ए’ मा दुई खेल खेलेको ब्राजिल चार अंक सहित शीर्ष स्थानमा छ । समूहको पहिलो खेलमा ब्राजीलले बोलिभियालाई ३–० गोलले हराएको थियो । 

प्रतिक्रिया दिनुहोस