पेट्रोल खन्याएर महिला पुलिसलाई जिउँदै जलाइयो

एजेन्सी

आइतबार, ०१ असार २०७६, १५ : ३६
पेट्रोल खन्याएर महिला पुलिसलाई जिउँदै जलाइयो

एजेन्सी । भारतको केरलमा एक महिला पुलिस अधिकारीमाथि चक्कुले हमला गरेर उनलाई जिउँदै जलाएको घटना सार्वजनिक भएको छ । शनिबारको उक्त हमलामा महिलाको घटनास्थलमा नै मृत्यु भएको  छ ।

उनीमाथि हमला गर्ने ट्राफिक पुलिसको सिपाही हुन् । घटनाको क्रममा उनीपनि ५० प्रतिशत जलेका छन् ।  

आरोपी पुलिसकर्मी अलप्पुझा मेडिकल कलेजको आईसीयूमा भर्ना छन् । घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
मीडिया रिपोर्टका अनुसार ३२ वर्षकी सौम्या पुष्करन  सिभिल पुलिस अधिकारी थिइन् । उनी अलप्पुझा जिल्लाको वल्लिकुन्नम पुलिस स्टेशनमा तैनात थिइन् ।

एक पुलिस अधिकारीले दिएको जानकारी अनुसार  सौम्या पुलिस क्याडेट क्याम्पबाट ड्यूटीपछि घर फर्किरहेका बेला उक्त घटना भएको हो ।

भारतीय संचार माध्यमका अनुसार घटना अघि मावेलिक्करा इलाकेमा आरोपी सिपाही एजाजले सुरुमा उनकी कारलाई स्कूटरले  ठक्कर दिए ।  जब सौम्याले कारबाट निस्किएर भाग्ने कोसिस गरिन् तब   आरोपीले उनलाई चक्कुले थुप्रै पटक हमला गरे  । त्यसपछि पेट्रोल हालेर आगो लगाइदिए ।  

सौम्या तीन सन्तानकी आमा थिइन् । श्रीमान् कामको सिलसिलामा विदेशमा भएको बताइन्छ । पुलिसका अनुसार हमलामा सौम्याको तत्काल मृत्यु भयो ।   महिला अधिकारीको घाँटीमा चाकूको निशान पनि भेटिएको जानकारीमा उल्लेख छ ।  घटनामा आरोपी सिहापी पनि निकै जलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस