मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना

सफल खबर संवाददाता

आइतबार, ०१ असार २०७६, १५ : २४
मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । आज साँझ देशको मध्य भूभागमा हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । महाशाखाले अनुमान गरेको मौसमी विवरण :

असार १ गते

दिउँसो : देशको पुर्वी तथा पश्चिमि भूभागमा सामान्य बदलीरहि मध्य भू(भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भूभागका केहि स्थानहरुमा र मध्य भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशको पुर्वी भू(भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

असार २ गते

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

असार ३ गते

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस