चितवन २ को टुड्गो लाग्यो ,बाम गठबन्दनका साझा उमेद्वार पोखरेल

मंगलबार, १४ कार्तिक २०७४, २० : ४३
चितवन २ को टुड्गो लाग्यो ,बाम गठबन्दनका साझा उमेद्वार पोखरेल

चितवन क्षेत्र न २ मा प्रतिनिधी सभाको उम्मेद्वार टुंगो लागेको छ । आज वसको कार्यदलको वैठकले चितवन क्षेत्र न २ मा एमाले चितवनका प्रभावशाली नेता कृष्णभक्त पोखरेललाई उम्मेद्वार वनाउने निर्णय गरेको छ । पोखरेल एमाले चितवनका अध्यक्ष र पुर्व सांसद समेत हुन् । माओवादी नेता रामबहादुर थापा भने काठमाडौं क्षेत्र नम्बर १० बाट चुनाव लड्ने भएका छन् । चितवन २ मा प्रतिनिधी सभाको निर्वाचनका लागी रामवहादुर थापा वादल र कृष्णभक्त पोखरेलले आफ्नो दावी नछोडेपछि निर्णय हुन सकेको थिएन ।

बादल एमाले र माओवादीको साझा उम्मदेवारका रुपमा काठमाडौं १० को उम्मेदवार बन्ने छन् । काठमाडौं १० वाट पहिलो संविधानसभामा प्रचण्डले जितेका थिए । ०७० को चुनावमा भने प्रचण्डलाई त्यहां कांग्रेस नेता राजेन्द्र केसीले हराएका थिए । उम्मेदवारको अन्तिम टुंगो लगाउन एमाले र माओवादीका नेताहरुहरु मंगलबार पनि आन्तरिक छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस