मेक्सिकोमा फेरि अर्का पत्रकारको हत्या

एजेन्सी

बुधबार, २९ जेठ २०७६, १५ : २४
मेक्सिकोमा फेरि अर्का पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या गरिएको छ । 
प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् ।
मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।
पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो । सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् । 
हत्याका आरोपीहरुमाथि यहाँ बिरलै सजाय हुने गरेको छ । (रासस/एएफपी) 

प्रतिक्रिया दिनुहोस