मोबाइल पड्केर एक जनाको मृत्यु, यस्ता गल्ती गर्नबाट जोगिनुहोस्,

एजेन्सी

विहीबार, २३ जेठ २०७६, १७ : ०९
मोबाइल पड्केर एक जनाको मृत्यु, यस्ता गल्ती गर्नबाट जोगिनुहोस्,

सांकेतिक तस्विर

७० वर्षका रामजतन पटेल अलार्म राखेपछि मोबाइल छातीमा राखेर निदाएका थिए । भोलिपल्ट बिहान अलार्म बज्नेबित्तिकै मोबाइल पड्कियो । उनलाई तत्काल अस्पताल पुर्याइयो तर उनको मृत्यु भइसकेको थियो । केही दिन अघिको यो घटना भारतको राजपुर गाउँको हो ।
पछिल्ला केही महिनामा मोबाइल पड्किएका विभिन्न घटना सार्वजनिक भएका छन् । ब्रान्डेडदेखि फिचर फोनसमेत बिस्फोट भएका समाचार बढ्दो छ । यस्तो अवस्थामा फोन चलाउँदा अपनाउनुपर्ने सावधानीबारे यहाँ कुरा गरिएको छ ।

– सुत्ने बेला तकिया मुनी कहिले पनि फोन नराख्नुहोस् । यस्तो गर्दा फोनको तापक्रम बढ्नुका साथै यसमा दबाब पनि पर्नसक्छ ।

– शर्ट, टि–सर्टको अगाडिको खल्तीमा कहिले पनि फोन नराख्नुहोस् । सेलफोन रेडिएशनको खतरा त छँदै छ, फोन बिस्फोट हुने घटना बढिरहेको अवस्थामा मुटु नजिक हुनु थप खतरनाक हुनसक्छ ।

– कतिले फोनलाई चार्जमा राखेर सुत्ने गर्छन् । यो सबैभन्दा खतरनाक बानी हो । यस्तो गर्नु फोन र ब्याट्रि दुबैका लागि हानिकारक हुन्छ ।

– फोनलाई सधैं ओरिजिनल चार्जरबाट मात्र चार्ज गर्नुहोस् । डुप्लिकेट वा अरु फानेको चार्जर प्रयोग गर्दा ब्याट्रि र फोन दुबै क्षती हुन्छ ।

– फोनलाई घाममा राखेर चार्ज नगर्नुहोस् । यसको विशेष ध्यान पुर्याउनुहोस् नभए फोन खराब हुनसक्छ ।

– फोनलाई मोटो केस वा कभरमा राखेर चार्ज गर्दा पनि त्यसको तापक्रम बढ्न सक्छ जसका कारण फोनको ड्यामेज हुनसक्छ । पहिला केस वा कभर हटाउनुहोस्, अनिमात्र चार्ज गर्नुहोस् ।

– फोन तात्तिकएको छ भने प्रयोग नगर्नुहोस् ।

– पावर बैंकको प्रयोग अब आवश्यकता बनिसकेको छ तर सस्तो पावर बैंकले पनि फोनलाई क्षती पुर्याउन सक्छ । सधैं ब्रान्डेड कम्पनीको पावर बैंक प्रयोग गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस