चीनको सीमाना नजिकै भारतीय वायु सेनाको विमान वेपत्ता

एजेन्सी

सोमबार, २० जेठ २०७६, २० : ३३
चीनको सीमाना नजिकै  भारतीय वायु सेनाको विमान वेपत्ता

एजेन्सी । भारतीय वायू सेनाको एक विमान सोमबार चीनको सीमाना नजिक बेपता भएको छ । भारतीय वायू सेनाको एएन–३२ विमान चीनको सीमाना नजिक बेपता भएको हो । भारतीय सेनाका प्रवक्ता रत्नाकर सिंहले यसको पुष्टि गरेका छन् ।

उनले भनेका छन्, ‘अपरान्ह १२ बजेर २५ मिनेटमा जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको विमान बेपता भएको छ । त्यस विमानमा विमान चालक दलका ८ सदस्यसहित १३ जना सवार थिए । उडान भरिएको केही समयमै विमानको सम्पर्क टुटेको छ ।’

एयर ट्राफिक कन्ट्रोलका अनुसार उक्त विमानको अन्तिम सम्पर्क एक बजे भएको थियो । बेपता विमानको खोजतलासमा भारतीय वायु सेनाको टोली जुटेको छ । भारतीय रक्षामन्त्री राजनाथसिंहले पनि यसको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस