लगातार ६ घण्टासम्म पब्जी खेलेका एक किशोरको हृदयघातका कारण मृत्यु

एजेन्सी

शनिबार, १८ जेठ २०७६, ०९ : ५१
लगातार ६ घण्टासम्म पब्जी खेलेका एक किशोरको हृदयघातका कारण मृत्यु

एजेन्सी । मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए ।  

मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् । घटना मे २८ को हो जब फुरकान कुरेशी र उनको परिवार एक आफन्त विवाहमा भाग लिनको लागि राजस्थानको घरबाट मध्य प्रदेश गएका थिए ।  

सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए । ‘उ एकदमै सक्रिय केटा थियो । मेरो छोरा पब्जी खेलमा यति धेरै मग्न थियो कि उसले आइबार रातीदेखिदेखि सोमबार झिसमिसेसम्म खेलिरह्यो । विहान केही घण्टा सुत्यो अनि खाजा खाएर पुन खेल्न थाल्यो ,’ पिता हारुनले बताए । 

खेलमा उसको पात्रले हारेपछि उसले पड्काउ, पड्काउ भनेको सुनिएको हारुनले बताए । खेल खेल्ने क्रममा अचेत भएपछि किशोरलाई तत्कालै अस्पताल लगिएको थियो तर उनलाई व्युताउन सकिएन । 

‘हामी कहाँ आउदाँ उसको मुटु धड्किन बन्द भइसकेको थियो । मैले धेरै कोसिस गरें तर उसको निधन भइसकेको थियो,’ कारडियोलोजिष्ट अशोक जैनले भनिन् । 

अर्का काडिर्योलोजिष्ट विपुल गर्गले भिडियो गेम खेल्दा कसरी मृत्यु हुन्छ भन्नेबारे प्रस्टाउदै भनिन् ,‘पछिल्लो समय आएका मोबाइल भिडियो गेम मानसिक रुपमै संलग्न गराउने खालका छन् । त्यसैले ती खेल खेल्ने बालबालिका खेलका कथा अनुरुप भावनात्मक उचारचडाव भोग्ने गर्छन् । बालबालिका र किशोरकिशोरीकै पनि कलिलो मष्तिकले ती खेल मात्र हुन भन्ने बुझ्न नसक्दा मुटुको समस्या भोग्छन् । ’
बालबालिकालाइ यस्ता खेलबाट टाढा राख्नुपर्ने गर्गले बताइन् । 

प्रतिक्रिया दिनुहोस