दक्षिणी सुडानमा जातीय समूहबीच झडप, २२ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, १७ जेठ २०७६, १० : ०५
दक्षिणी सुडानमा जातीय समूहबीच झडप, २२ जनाको मृत्यु

एजेन्सी। दक्षिणी सुडानमा जातीय समूहहरूबीच भएका भिडन्तमा  २२ जनाको मृत्यु भएको छ ।सिह्वाका अनुसार, दक्षिणी सुडानको सीमा क्षेत्रमा दुई समूहका युवाबीच झडप भएको हो । 
सूचना मन्त्री मिचेल मयौतले बिहीबार दुई जातीय समूहबीच झडप हुँदा कम्तीमा २२ जनाको ज्यान गएको पुष्टि गरेका छन् । दक्षिणी सुडानका लागि जातीय हिंसा टाउको दुखाइको विषय बन्दै आइरहेको छ । यहाँ पटकपटक हुने गरेका यस्ता झडपमा कैयनले ज्यान गुमाइसकेका छन् । यसअघि गत मंगलबार पनि झडप भएको थियो । जसमा एक जना सुरक्षाकर्मी मारिएका थिए भने अरु १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस