भारतमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु

एजेन्सी

बुधबार, १५ जेठ २०७६, १५ : ४०
भारतमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथैै अन्य ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । 
उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

 रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण छ जनाको मृत्यु भएको   हिजो जनाएका थिए ।  आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।  
 
स्थानीय मिडियाले हिजो नै मदिरा सेवनका कारण १२ जनाको मृत्यु भएको बताएका थिए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिनु भएको थियो । 

सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस