१४ बर्षीया किशोरीलाई सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या

एजेन्सी

बुधबार, १५ जेठ २०७६, ०९ : ४७
१४ बर्षीया किशोरीलाई सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या

एजेन्सी । भारतको उत्तर प्रदेशको मुजफ्फरनगर जिल्लामा एक किशोरीलाई सामुहिक बलात्कारपछि हत्याको मामलामा सातजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । 
इन्डियन एक्सप्रेसमा छापिएको खबर अनुसार यी सातजनामाथि १४ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको र त्यसपछि जिउँदै जलाएर हत्या गरेको आरोप लागेको छ ।
यद्यपी, अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।
खबर अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस