Safal Khabar - शिक्षिका जो कलिला विद्यार्थीबाट यौन प्यास मेटाउँछिन्
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)
शिक्षिका जो कलिला विद्यार्थीबाट यौन प्यास मेटाउँछिन्
आइतबार, ०५ जेठ २०७६, १३ : ३७
शिक्षिका जो कलिला विद्यार्थीबाट यौन प्यास मेटाउँछिन्


एजेन्सी । विद्यालय विद्यार्थीका लागि भविष्य निमार्णको आधार हो । उनीहरुका लागि मन्दिर पनि त्यही हो आधा घर पनि त्यही हो । तर समय समयमा यही पवित्र स्थलमा गरेका काला कर्तुत बाहिर आउने गर्दछन् ।

यौनसम्पर्कका लागि मानिस के सम्म गर्न पछि पर्दैनन्, त्यसको  पछिल्लो उदाहारण बाहिर आएको छ । जहाँ एक शिक्षिकाले विद्यार्थीलाई धेरै नम्बर दिन र उच्च अंकका साथ उत्तीर्ण गराउने भन्दै यौन सम्बन्ध राखेको खुल्न आएको छ । उनको नाम योकसाता हो ।

उनी ४० वर्ष भन्दा धेरै उमेरकी भइन् । विशेषज्ञहरुका अनुसार यो उमेर समुहका महिलाहरुमा यौन इच्छा धेरै हुन्छ उनीहरु आफू भन्दा कम उमेरका केटाहरुसँग सम्बन्ध राख्न चाहन्छन् ।

nic asia
Yeti Diistillery

उनी १६ देखि १७ वर्ष उमेरका किशोरावस्थाका विद्यार्थीहरुको नम्बर लिने गर्थिन । सामाजिक सञ्जाल व्हाट्सऐपमार्फत उनीहरुसँग च्याट गर्ने गर्थिन् । उनी आफ्ना विद्यार्थीहरुसँग अश्लील कुरा गर्नेदेखि तस्वीर पठाउने सम्मका काम गर्थिन् । विद्यार्थीलाई आफ्नो घरमा पढाउने बहानामा बोलाएर यौनसम्बन्ध राख्ने गर्थिन् ।

उनले विद्यार्थीहरुलाई आफूसँग यौनसम्बन्ध नराखेमा परीक्षामा फेल गराईदिने धम्की पनि दिने गरेको खुल्न आएको छ ।
एक दिन एक विद्यार्थीका पिताले छोराको मोबाइल चेक गर्दा यी शिक्षिकाको कालो कर्तुत बाहिर आएको हो । उनी आफूले गर्ने गरेको काम कसैंलाई नभन्न भनेर विद्यार्थीलाई चेतावनी दिने गर्थिन ।

विद्यार्थीलाई ब्याल्कमेल गरेको आरोपमा उनलाई ४० वर्षको जेल सजाय तोकिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस