भरतपुर अस्पतलको मेसुमा डा बगाले नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, २१ : १८
भरतपुर अस्पतलको मेसुमा डा बगाले नियुक्त

चितवन । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिँन्टेन्डेनमा डा विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई जिम्मेवारी दिनुभएको हो । डा बगाले बालरोग विशेषज्ञ हुन् । १० औं तहका डा बगालेले नयाँ जिम्मेवारीसँगै अस्पताल नयाँ ढंगले सञ्चालन गर्ने बताउनुभयो । यसअघि डा कृष्ण पौडेल अस्पतालका मेसु थिए । भरतपुर अस्पताललाई सरकारले केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस