भरतपुर गोल्डकप: पुलीस च्यासलसँग २ एकले पराजित

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, २० : ४३
भरतपुर गोल्डकप: पुलीस च्यासलसँग २ एकले पराजित

फाईल फोटो

चितवन । पुलीस क्लब सिएमएस भरतपुर गोल्डकपको पहिलो चरणबाटै बाहिरीएको छ । शुक्रवार भएको खेलमा च्यासल युथ क्लवसँग २ एक गोल अन्तरको पराजित हुँदै पुलिस प्रतियोगिताबाट बाहिरीएको हो ।  
च्यासलको जितमा सवि गुरुङले २७ औँ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै दोस्रो हाफको १७ मिनेटमा च्यासलका सुसन लामाले दोस्रो गोल गर्दै खेल २ शुन्यको अवस्थामा पु¥याए । पुलिसका लागी अनुप लिम्बुले दोस्रो हाफको २७ औँ मिनेटमा सान्तवना गोल गरे । निक्कै संघर्षपुर्ण खेलमा पुलिसलाई पाखा लगाउदै च्यासल दोस्रो चरणमा प्रवेश गरेको छ । 
अब सनिवारबाट क्वार्टरफाईनलका खेलहरु सुरु हुनेछन । सनिवार अपरान्ह ४ बजेपछि हुने पहिलो क्वार्टरफाईनलमा नेपाल आर्मि र चितवन ११ भिड्ने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए । 
वैशाख २४ गत्तेबाट नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेतालाई ६ लाखसहित गोल्डकप तथा दोस्रो हुनेलाई नगद ३ लाख पुरस्कार प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस