भरतपुर गोल्डकप: चितवन ११ को सानदार जित, नुवाकोट ४ शुन्यले स्तव्ध

सफल खबर संवाददाता

विहीबार, २६ बैशाख २०७६, १९ : २९
भरतपुर गोल्डकप: चितवन ११ को सानदार जित, नुवाकोट ४ शुन्यले स्तव्ध

फाईल फोटो

चितवन । नारायणगढको क्याम्पाचौरमा जारी सिएमएस भरतपुर गोल्डकपमा चितवन ११ ले सानदार विजयी सुरुवात गरेकोे छ । विहिवार भएको खेलमा नुवाकोटलाई शुन्यका विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै सानदार जित दर्ता गरेको हो । 
घरेलु मैदानमा चितवन ११ ले नुवाकोट ११ लाई दवावमा राखेको थियो । चितवन ११ को जितमा विदेशी खेलाडी टि बोबो एक्लैले ह्यार्टिक गरे । उनले ६ मिनेट र २१ औँ मिनेटमा गोल गरेर खेलको पहिलो हाफलाई २ शुन्यको अवस्थामा पु¥याए । यस्तै दोस्रो हाफको २१ ीमनेटमा भुवन वस्नेतले १ गोल गरे । ३३ औँ मिनेटमा पुन बोबोले एक गोल गरे । निक्कै दावावमा परेको नुवाकोटले केहि अवसरलाई सदुपयोग गर्न सकेन । 
प्रतियोगिता अन्तर्गत शुक्रवार पनि एक खेल हुने छ । अपरान्ह ४ बजे सुरु हुने खेलमा च्यासल युथ क्लब र पुलिस क्लव भिड्ने कार्यक्रम संयोजक प्रकाश भुजेलले जानकारी दिए । 
ए जे ईन्टरनेसनलको आयोजनामा वैशाख २४ गत्तेदेखि सुरु भएको प्रतियोगिता जेठ ४ गत्तेसम्म हुने छ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रथम हुने टिमले नगद ६ लाखसहित गोल्डकप तथा दोस्रो हुनेले नगद ३ लाख पुरस्कार पाउने छन । 
 

प्रतिक्रिया दिनुहोस