भरतपुर गोल्डकपमा एपीएफको विजयी सुरुवात, वीरगंज १ शून्यले पराजित

सफल खबर संवाददाता

बुधबार, २५ बैशाख २०७६, १९ : १९
भरतपुर गोल्डकपमा एपीएफको विजयी सुरुवात, वीरगंज १ शून्यले पराजित

चितवन । चितवनमा जारी भरतपुर गोल्डकपमा एपिएफले विजयी सुरुवात गरेको छ । वुधवार भएको आप्mनो पहिलो खेलमा वीरगंजलाई १ शुन्यले पराजित गर्दै एपीएफले विजयी सुरुवात गरेको हो । 
एपीएफको जितमा सुदीप सिर्खाकारले १ गोल गरे । उनले खेलको ४९ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेका थिए । 
दोस्रो हाफमा दुवै टिमबाट थप गोल हुननसकेपछि सिर्खाकारले गरेको गोल नै निर्णायक बन्यो । खेलमा वीरगंजले केहि राम्रा मौका पाए पनि गोल गर्न नसक्दा हार व्यहोर्नुपयो । 
खेलको म्यान अफ दि म्याच पनि एपीएफका सुदिप नै बने । उनले नगद १० हजार पुरस्कार पाएका छन । 
यसअघि मंगलवार भएको उद्घाटन खेलमा विजय युथ हेटौडालाई पराजित गर्दै जावलाखेल विजयी भएको थियो । 
यस्तै विहिवार पनि एक खेल हुने आयोजक ए जे ईन्टरनेसनल प्रालीले जनाएको छ । अपरान्ह ४ बजे हुने खेलमा चितवन ११ र नुवाकोट ११ भिड्ने खेल संयाजक प्रकाश भुजेलले जानकारी दिए । 
नारायणगढको क्याम्पाचौरमा जारी गोल्कपको विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पुरस्कार पाउनेछन । खेल जेठ ४ गत्तेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय १२ टिमको सहभागिता रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस