पुरुष च्याम्पियनसीप फुटबलको २८औँ उपाधी पुलिस क्लबलाई

आइतबार, ०७ माघ २०७४, १८ : ३१
पुरुष च्याम्पियनसीप फुटबलको २८औँ उपाधी पुलिस क्लबलाई

दाङ । दाङमा गत माघ २ गतेदेखि सञ्चालन भएको २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शनिबार सम्पन्न भएको फाइनलमा नेपाल पुलिस क्लबको विभागीय टिमले उपाधि हात पारेको हो ।
घोराहीको भरतपुर मैदानमा भएको फाइनल खेलमा चीरपरिचित प्रतिष्पर्धी नेपाल आर्मीको विभागीय क्लव त्रिभुवन आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको हो । यस्तै फाइनल खेलमा पराजित भएसँगै त्रिभुवन आर्मी त्रिभुबन आर्मी क्लव दोस्रो भएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि टाइब्रेकरमा पुगेर पुलिस विजयी भएको हो ।
पुलिसको तर्फबाट सुमन लामा, बुद्ध लामा, तेज तामाङ, निदेश राजवंशी र निरकुमार राईले गोल गरेका थिए । आर्मीका तर्फबाट जर्जप्रिन्स कार्की, हिरन्य मगर, विवेक बस्नेत र रुपेश केसीले गोल गरेका थिए । ट्राइबेक्ररमा त्रिभुवन आर्मी क्लवका खेलाडी राजिव गुरुङले गोल गर्न सकेनन् ।
त्यस्तै प्रतियोगितामा सशस्त्र प्रहरीको विभागीय टिम (एपिएफ) तेस्रो भएको छ । तेस्रो स्थानका लागि सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमसँग भएको खेलमा एपिएफ विजयी भएको हो ।
निर्धारित समयमा दुवै टिमले बराबर २÷२ दुई गोल गरेपछि उक्त खेल पनि टाइबेक्ररमा पुगेको थियो । टाइबेक्ररमा एफिएफका आशिष लामा, सन्तोष कटुवाल, मनबहादुर राना र सुमित आलेले गोल गरे पनि एपिएफकै दिपक खड्काको बललाई गोलकिपरले रोकिदिएका थिए ।
यसैबीच सुदुरपश्चिमाञ्चल क्षेत्रीय टिमका तर्फबाट पाँच खेलाडीहरू मध्ये राकेश हमाल, सुनिल दामी, कृष्ण कठायत, राजेन्द्र ठकुन्ना र मनिराम चौधरीले ट्राइबेक्ररको मौका पाए पनि कृष्ण कठायत र मनिराम चौधरीले गोल गर्न नसकेपछि सुदुरपश्चिमाञ्चलले हार व्यहारेको हो ।

 

प्रतिक्रिया दिनुहोस