भरतपुर गोल्डकपमा जावलाखेलको विजयी सुरुवात, विजय युथ हेटौडा ८–९ ले पराजित

सफल खबर संवाददाता

मंगलबार, २४ बैशाख २०७६, २० : २४
भरतपुर गोल्डकपमा जावलाखेलको विजयी सुरुवात, विजय युथ हेटौडा ८–९ ले पराजित

चितवन । जावलाखेल युथ क्लवले भरतपुर गोल्डकपमा विजयी सुरुवात गरेको छ । मंगलवार भएको उद्घाटन खेलमा विजय युथ हेटौडालाई सडनडेथमा ८–९ ले पराजित गर्दै जावलाखेलले विजयी सुरुवात गरेको हो । 
निर्धारीत समय ४, ४ गोलको बराबरीमा सकिएपछि खेल सडनडेथमा धकेलिएको थियो । जावलाखेलको जितमा निर्धारीत समयमा विदेशी खेलाडी एडव्लाले २ गरेका थिए । यस्तै डेनियल रेजेले १ तथा सुजित बुढाथोकिले १ गोल गरे । 


उता हेटौडाका लागी विदेशि खेलाडी ओमेन यान्जीक एक्लैले ४ गोल गरे । विदेश खेलाडीसहित मैदानमा उत्रिएको दुवै टीमविच कडा प्रतिस्पर्धा भएको थियो । खेलको निर्धारीत समय बराबरीमा सकिएपछि खेलको निर्णय सडनडेथबाट लिईएको हो । 
प्रतियोगिता अन्तर्गत वुधवार विरगञ्ज युथ एकेडेमि र एपीएफ भिड्ने आयोजकले जनाएको छ । 
ए जे इन्टरनेसनल प्रा लि को आयोजनामा नारायणगढको क्याम्पाचौरमा आजदेखि सुरु भएको प्रतियोगिता जेठ ४ गत्तेसम्म हुने छ । प्रतियोगितामा ३ विभागिय सहित विभिन्न १२ राष्ट्रिय टिमको सहभागिता रहेको छ । 
प्रतियोगिताको प्रथम हुने टिमलाई ६ लाख नगद र गोल्डकप तथा द्धितीय हुनेलाई नगद ३ लाख पुरस्कार रहेको कार्यक्रम संयोजक प्रकाश भुजेलले जानकारी दिए । यस्तै प्रतियोगिताका सर्वोत्कृष्ठ १ जना खेलाडीलाई नगद ४० हजार दिईने छ । ४ विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार नगद पुरस्कार रहेको छ ।  

प्रतिक्रिया दिनुहोस