भूकम्प स्मरण: ९० सालको त्यो भूकम्प

सफल खबर संवाददाता

विहीबार, १२ बैशाख २०७६, ०७ : १०
भूकम्प स्मरण: ९० सालको त्यो भूकम्प

– सत्यमोहन जोशी

नेपालमा भूकम्पले क्षति पु¥याएका विविध घटनाहरु छन् । १९९० को भूकम्प, २०४५ सालको भूकम्प र २०७२ को भूकम्पले हामीलाई क्षति पु¥यायो । पछिल्लो भूकम्प पछिको पूर्ननिर्माण अझै वाँकी छ । ९० सालको भूकम्प अहिले जिवित रहेका धेरैका लागि अनुभव छैन । त्यही स्ृमतिमा रहेको त्यो भूकम्पका विषयमा म केही आफनो अनुभूव सुनाउँछु ।

मेरो घर पाटनमा थियो । पिताजी महाराजगञ्जमा सानो नोकरी गरी डेरामा बस्नुहुन्थ्यो । म त्यसवेला सानै भएकोले पिताजीले मलाई आफैसँग लैजानुभएको थियो । आमा सुत्केरी भएको हुनाले पाटनमै बस्नुहुन्थ्यो । भूइँचालो आउँदा म त्यो गाउँमा गाउँघरकै साथीहरुसँग खेल्दै थिएँ । अचानक दिउँसो भूइँचालो गएको बेलामा हामी पेटीमा बसिराखेका थियौँ एउटा घरमा ।

त्यहाँ रुख बेस्सरी हल्लियो, हामीलाई भूकम्प भन्ने थाहा थिएन । भूकम्पले तल र माथि हल्लाएको देख्दा हामी हास्यौँ के भएको होला भनी ? अर्काे तिर हामी रोमाच्चित पनि भएका थियौं ।

भूइँचालो भन्ने त थाहा थिएन । त्यो के भएको अचानक, कहिले पनि त्यसो नहुने, चराहरु पनि कराउन थाले । त्यतिकैमा एकजना महिला, पाको मान्छे आएर भूइँचालो गएको हो ल अब यहाँ बस्न भएन भनेपछि बल्ल भूइँचालो गएको थाहा भयो । त्यो मैले स्वयं अनुभव गरेको, रुख एकदम हल्लिएको । हामी घरको पेटीमा वसिरहेका थियौं । पेटीको ठाउँ–ठाउँमा चिरा पर्न थाल्यो ।

केही छिनपछि मेरो पिताजी आउनुभयो । ल अब घर जाँउ भनेर महाराजगञ्जबाट पाटनमा आउदाखेरि अनेक ठाउँमा घर भत्केका दुःखदायी घटनाहरु देखिए । बाग्मती संखमूलमा आउँदा बाटो बन्द भएको रहेछ । ठाउँठाउँमा चिराचिरा परेका । बल्लबल्ल चिरा परेको ठाँउ छलेर बाटो क्रस गरेर घरनिर आयौँ । जब घर आइपुग्यौँ मेरो पिताजी रुनुभो । घर त सखाप । दुईतले घरको तल्लो तला मात्र बाँकी रहेछ । वरिपरि कोही पनि थिएन । सबै जना भूकम्पबाट बचेका मान्छेहरु खुला ठाँउमा जम्मा भएका रहेछन् । त्यहाँ दुई महिनाको बच्चा बोकेकी आमालाई देखे पछि बाको मन ढुक्क भयो । हाम्रो मात्र नभएर अरुहरुको पनि हालत उस्तै थियो ।

तस्बिर : ९० सालको भूकम्प

घर पस्ने त कुरै आएन । त्यही आ–आफ्नो केही कपडाहरु ल्याएर रातको गुजारा भयो, त्यति बेला पाल थिएन । अहिले जस्तो परिवारको अवस्था थाहा पाउन टेलिफोनको ब्यवस्था थिएन ।  ५, ७ दिन त्यही बसे पछि घरका आफ्ना दलानहरु जति बचेको छ त्यति सफा गरेर खाना पकाउने, खाने गर्यौं । घर बनाउन त सम्भव नै थिएन । यसरी भयानक भूकम्प केटाकेटीमा भोगेको हो ।

म त्यति बेला दरबार हाईस्कुलमा पढ्थेँ । पाटन स्कुल त त्यति बेला चकनाचुर भइसकेको थियो । त्यति बेला पाटन स्कुल पठन पाठनको निम्ति पोखरीको डिलमा छाप्रो राखेर संञ्चालन भएको थियो । दरबार हाइस्कुल पनि सखापै भएको थियो माथिल्लो भाग । त्यो बेला घण्टाघर ढले पनि पेटीहरु, तल्लो बरण्डाहरु केही भएको थिएन । खाली घण्टाघर मात्र बिगियो । अरु सबै बचेको थियो । त्यसैले दरबार हाइस्कुल त्यहाँ सरेर बीचबीचमा कपडाको पर्दा हालेर पठन पाठन भएको थियो । त्यो खुला भएकोले जाडो छल्नको लागि बीच–बीचमा गोल जलाएर बस्यौँ ।

त्योबेला महांकाल स्थानमा एउटा भूकम्प पीडित उद्धार संघ भन्ने त्यो बेलाका शासकहरुले राखेका थिए । उनीहरुले कोष संकलन गरेर घर बनाउनको निम्ति जाँच गरेर मोटामोटी सेवा सुरु गर्ने, कस्को घर कस्तो छ, दुई तले घर, एक तले घर लाई मर्मत गर्नको लागि कति चाहिएला । त्यो बेला अहिलेको जस्तो महंगो भने थिएन । चरा सय , पाँच सय देखि बढीमा ३ हजार सम्म दिएर भए पनि घर बनाए । त्यो पैसा भूकम्प पीडित उद्धार संघबाट ऋणको रुपमा दिएको थियो । त्यस पछि घर बनाउन शुरु भयो । त्यो बेला सिमेन्ट भन्ने थाहा थिएन । जस्ता पाता बेल्जियमबाट झिकाएर बिक्री बितरण भएको थियो । त्यो तरिकाले मानिसहरुले घर बनाए । झिगटीको सट्टामा जस्ता प्रयोग भएको त्यो बेलादेखि नै हो । बेल्जियमको जस्ता आएपछि धेरै जसो घरहरु जस्ता पातामा नै बने । यो तरिकाले घरहरु मर्मत भएका थिए ।

त्योबेला नयाँ सडकको नाम जुद्ध सडक थियो । पछि नयाँसडक भयो । तर वास्तवमा जुद्ध शमसेरले त्यही जुद्ध सडक भूगोल पार्कमा अभिलेख राखेर त्यसको सम्झनामा भूगोल पार्क रह्यो । भूगोल कसरी हुन्छ, भूगोलको बनोट कस्तो हुन्छ भन्ने थाहा थिएन, त्यसैले गोल गोल गरेर सिधै पारेर उठायो । अहिलेसम्म त्यो कायमै छ । दिनको एकचोटी जुद्धशमसेर घुम्न आउथे हात्तीमा चढेर । त्यो दैनिक कार्य थियो उनको ।

भूइँचालोले एक किसिमको नयाँ सडक आयो । राम्रै पनि देखियो , घरहरु पनि राम्रा–राम्रा बने । पहिलेकै शैली कायम गरेर मन्दिर हरु पनि बने । पाटनको तलेजु मन्दिर पहिले कै शैलीमा बन्यो । त्यो बेलाको कमी कमजोरी पनि होला । मुस्लिम शैली गुम्ब शैली पनि आयो । त्यो बेला कृष्ण मन्दिर भने केही भएको थिएन । कृष्ण मन्दिरको आसपासको त्यो तलेजु पनि खतम भो । भिमसेन मन्दिर केही भएन । विश्वदेवल आदि सखापै भो । के भएको, कसो भएको प्राविधिक ज्ञानले पनि भेटाउन नसकिने, नजिकैको दाँयाबाँया जाने कतै केही नहुने ।

भूकम्पको बारेमा देखिने गरेर अभिलेख लेख्ने हो भने नदेखिने, लुप्त भएर, जमिनमुनि लुकिराखेकोलाई उत्खनन गर्न सकेको खण्डमा नेपालको भूकम्पको इतिहास त्यहाँ बाट सुरु गर्न सकिन्छ । किनभने त्यो मन्दिर त्यतिकै लडेको त होइन । यति बेला लिच्छविकालमा बनेका मूर्तिहरु कहीँ कतै देख्न पाइँदैन । खास गरेर १३÷१४ शताब्दीदेखि पछि अहिले आएर जेजति देखिराखेका छन् १४ औँ १५ औँ शताब्दीमा मल्लकालीन मन्दिरहरु हुन् । त्योभन्दा अगाडिको छँदै छैन । सब यो महाभूकम्पबाट नै स्वाहा भैसकेको हुनुपर्छ ।

त्यसको प्रमाण के हो भने काठहरु मक्किए, मन्दिर पनि सकिए, मूर्तिमा अभिलेख छ, मिति पनि लेखिएको छ । ती मूर्तिले इतिहास जनाउँछ । ती मूर्तीको आधारमा भूकम्पको इतिहास पनि खोज्दै जानु पर्छ । उदाहरणको निम्ति राजा मानदेवको पालामा बनेको तिलगंगाको एउटा मूर्ती छ, विष्णु विक्रान्तको मूर्ती जसमा त्यो बेलाको सुनौलो युग  । त्यहाँ उत्कृष्ट संस्कृत भाषामा श्रद्धालाई सम्झनामा काव्यधारा नै लेखिएको छ । यसले गर्दा त्यो मूर्ति अहिले चोरिएला, बाहिर लगिएला भनेर राष्ट्रिय संग्राहलयमा छाउनीमा सुरक्षित साथ राखिएको छ ।

भूइँचालो आउँदाखेरी चराचुरुङ्गीहरु उड्ने, कमिलाहरु गुँडबाट निस्कने, गुँड सार्ने यस्ता–यस्ता धेरै अध्ययन गर्ने ग्रामीण तरिकाले त्यो विश्वासमा, बैज्ञानिक तरिकाले पनि अध्ययन गर्नुपर्दछ । त्यसैले रुद्राक्षको बोट भयो भने भूइँचालो आउँदैन त्यो घरमा भन्ने पनि छ, त्यो किन हो यस्तै लोक संस्कृतिको आधारमा पनि जनविश्वासलाई पनि संकलन गर्नुपर्छ ।

भूकम्प पछि नै नेपालमा केही न केही ब्यवस्थित घर वन्न थालेका छन् । त्यसवेला जस्ताका छानो राखेर घरहरु वनाउने क्रम शुरु भएको थियो । अहिले गाउ गाउसम्म पिल्लरवाला घरहरु निर्माण हुन थालेका छन् । यो एक प्रकारले वलियो घर निर्माणका लागि सचेत गराउने माध्यम पनि बनेको छ । ध्वंस पछि निर्माण भन्छन मान्छेहरु । अहिले सोच्छु हो जस्तो लाग्छ । ध्वंस पछि नै नयाँ नयाँ ढंगले ब्यवस्थित निर्माण भएका हाम्रै आखाले देखेका छन् ।

(शताब्दी पुरुष जोशीसँग गरिएको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस