काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर स्थित कात्यायनी चोकमा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । कात्यायनी चोकमा बस्ने ३ वर्षीय शिवांश झाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
शुक्रवार कात्यायनीबाट भीमसेनगोला तर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३१ च ९५६३ नम्बरको इसुजु गाडीले भारत भएर कात्यायनी बस्दै आएका झालाई ठक्कर दिएको थियो । उपचारको क्रममा उनको केएमसी अस्पतालमा मृत्यु भएको हो । जिप चालक काठमाडौँ–३१ घर भएका रमेश कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु